विराटचोकमा १२ गते देखी गोल्डकप हुने

<span class='c1'>विराटचोकमा १२ गते</span> <span class='c2'>देखी गोल्डकप हुने</span>

विराटनगर - पिएल ओ कोशी हरैचा चौथो केविआरयू कन्दङवा गोल्डकप आयोजना गरिने भएको छ । मोरङको विराटचोकमा शनिवार आयोजक सगरमाथा युथ क्लवले पत्रकार सम्मेलन गरी फागुन १२ गते देखी गोल्डकप आयोजना गर्ने बताएको छ ।

सगरमाथा युथ क्लवका अध्यक्ष जनार्दन बास्तोलाले तिन बर्ष सम्म स्थगित भएको प्रतियोगतामा पुन सञ्चालन गर्न लागेको जानकारी दिए । बास्तोलकाका अनुसार फागुन १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपाल आर्मी क्लव काठमाण्डौ एपिएफ क्लव काठमाण्डौ, मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, चर्जब्याइज क्लव काठमाण्डौ, रुपन्देही ११, रमपम झापा ११, दार्जिलिङ युथ क्लव भारत र आयोजक सगरमाथाम युथ क्लव गरी आठ टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेता टोलीले दुई लाख एक हजार एकसय एघार र उपविजेता टिमले एक एक हजार एकसय एघार नगद र ट्रफि हात पार्ने छन् । प्रतियोगिता सञ्चालनकालागि ३२ लाख खर्च हुने बताइएको छ । आयाजकले ७० बर्ष भन्दामाथिका बृद्धबृद्धा र १० बर्ष भन्दा कम उमेरका बलवालिकालाई निशुल्क खेल हेर्ने व्यावस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्