विराटनगर असार १८
विराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको आउटलेट पुन संचालनमा आएको छ । केहि बर्ष पहिले विराटनगरबाट काठमाण्डौको टंगालमा पनि संचालन हुदै आएको उक्त बुटिकको आउटलेट पुन विराटनगरमा पनि संचालनमा आएको हो । बि.स २०७१ सालबाट जुनजेलीले सेवा दिदै आएको छ ।
जुनजेलीका कपडा काठमाडौं र बिराटनगरमा मात्रै नभएर विश्वका धेरै देशहरूमा पनि डीलेभरी हुदै आएको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय रहेको संचालिका सुनिता उप्रेतीले बताइन । अन्य बुटिक भन्दा फरक डिजाइन भएकै कारण जुनजेलीको लोकप्रियता बढेको उप्रेतीले भनिन् ।
विशेषगरी तीज , विवाहको सिजन ,ठुला चाडपर्व जस्तै दशैँ , तिहारमा अझ जुनजेलीमा ग्राहकको घुइँचो लाग्ने गरेको उप्रेतीले बताईन । जुनजेलीमा बेहुलाको समेत डिजाइनर कपडा पाइने उनले जानकारी दिईन ।