मेघाको उपचारका लागि सहयोग जुट्दै

<span class='c1'>मेघाको उपचारका लागि</span> <span class='c2'>सहयोग जुट्दै</span>

विराटनगर फाल्गुन ९, करेन्ट लागेर दुवै हात गुमाएकी मेघा कार्कीको उपचारकालागि अनुसा कार्कीले सहयोग गरेकी छन् । मिस नेपाल क्यालीफोर्निया अमेरिका २०१५ की विजाता कार्कीले मेघाको उपचारकालागि २७ हजार रुपैया सहयोग गरेकी हुन् । विराटनगर तिनपैनी स्थायी घर भएकी कार्कीले आइतवार मेघाको घरमा नै पुगेर आर्थिक सहयोग गरेकी हुन् । मिस कलेज प्रिन्सेस सिजन २ का २३ जना प्रतिसपर्धी सहित मेघाको घर पुगेकी अनुसाले उपचारका निम्ती सहयोग गरेकी हुन । गत पुस २५ गते बन्दै गएको घरको छत हेर्न गएकी विराटनगर ११ की १८ बर्षिय कार्कीलाई अचानक हाई भोल्टेजको करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाको उपचारमा समस्या भएको समाचार उदघोष दैनिकले प्रकाशित गरेपछि अमेरिकाबाट नेपाल आएकी कार्कीले सहयोग गरेकी हुन । फागुन ५ गते आवर बिराटनगर डट नेट, उदघोष दैनिक, मकालु टिभिले समाचार प्रकाशित गरेको थियो । २५ गते करेन्ट लागेर घाइते भएकी उनको दुई दिनपछि पुस २७ गते सोमवार दुवै हात काम नलाग्नै भन्दै काटेर फालिएको थियो । सामान्य परिवारकी उनको उपचारमा समस्या भएको समाचार प्रकाशित भएपछि सहयोगको लागि पहल गरेको मोरङ व्यापारसंघका सदस्य सुभास आचार्यले जानकारी दिए । मिस क्याली फोर्नीयाकी बिजेता कार्कीले सहयोग गर्ने चाहाना देखाएपछि आचार्यले सहयोग रकम हस्तान्त्रणकालागि समन्वय गरिदिएका थिए । मेघालाई आर्थिक सहयोग गरेकी अनुसाले अमेरिकामा पुगेरपनि सहयोगकोलागि पहल गर्ने बताएकी छन् । मेघाको उपचारमा सहयोगका निम्ती जापान र अस्टेलियामा रहेका नेपालीहरुलेपनि रकम संकलन अभियान सञ्चालन गरी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्