नेपाली क्रिकेट टोलीले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>नेपाली क्रिकेट टोलीले आज</span> <span class='c2'>क्यानडासँग प्रतिस्पर्धा गर्दै</span>

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । यअसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी–२० दुबै अभ्यास खेल नेपालले जितेको थियो ।

किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार खेल्नेछ ।

क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्