नेपाललाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाईने

<span class='c1'>नेपाललाई दूध, अण्डा र</span> <span class='c2'>मासुमा आत्मनिर्भर बनाईने</span>

बिनु तिम्सिना
बिराटनगर फाल्गुन ९, पशुपंक्षी विकासमंन्त्री शान्ता मानवीले नेपाललाइ मासु, अण्डा तथा दुग्धमा आत्मनिर्भर बनाउन मन्त्रालय क्रियाशिल भएर लागी रहेको बताउनु भएको छ । क्षेत्रिय पशु निर्देशनालयको आयोजनामा आज देखि विराटनगरमा सुरु भएको दुई दिने क्षेत्रिय स्तरको योजना तर्जुमा गोष्ठीलाइ सम्वोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले पुर्वाञ्चलक्षेत्र मासु , दुग्ध तथा अण्डा उत्तपादनका लागी उपयुक्त रहेकाले त्यसको प्रर्वद्धनका लागी सरकाले योजना बनाइ रहेको जानकारी दिनुभयो । मन्त्री मानवीले एकल महिला, सिमान्तकृत तथा अति विपन्नवर्गको जिवनस्तर माथी उकास्नेगरी समुदायमा आधारित कार्यक्रम बनाउन निर्देशन दिंदै परीणाममुखि भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर कृष्णचन्द्र पौडेलले डिडिसिले स्थानिय उत्पादनलाइ प्रोत्साहन नगर्ने हो भने डिडिसी पनि फेल हुने र कृषकहरुले पनि दुःख पाउने बताउनुभयो । भन्सार क्षेत्रमा भएका पशु क्वारेन्टाइनहरुको काम प्रभावकारी नभएको भन्दै उहाले क्वारेन्टाइन समेत निकम्मा भएको आरोप लगाउनुभयो । निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने खालका र कृषकहरुलाइ व्यवासयीक बनाउने खालका योजना तर्जुमा गर्न समेत उहाले निर्देशन दिनुभयो । कार्यक्रम भोलिसम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्