कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

<span class='c1'>कांग्रेस पदाधिकारी बैठक :</span> <span class='c2'>निर्वाचन कानून मस्यौदाबारे छलफल</span>

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ ।

बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताउनुभयो ।

“पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताको बारेमा अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्ने बारेमा पदाधिकारी बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो । आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्