हलेसी तुवाचुङमा तिलुङ भाषाको पठन/पाठन सुरु

<span class='c1'>हलेसी तुवाचुङमा तिलुङ</span> <span class='c2'>भाषाको पठन/पाठन सुरु</span>

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो ।

तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । तिलुङ भाषाको पठन/पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो ।

पहिलो चरणमा वडा नं ३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीबाट पठन/पाठन सुरु गरिएको तिलुङ राई बुगाकिमले जनाएको छ । चालु शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि पठन/पाठन सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।

पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पु¥याउन बाँकी छ । लोपोन्मुख बनेको भाषाको संरक्षण र सम्वद्र्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रूपमा समावेश गरिएको हो ।

राईमध्ये कम जनसङ्ख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्य भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन/पाठन हुने नगरपालिकाले जनाएको छ । विसं २०७० जेठ १३ र १४ गतेको काठमाडौँमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको वर्ण निर्धारण तथा पहिचान गरेको थियो ।

वर्ण निर्धारणका क्रममा तिलुङ भाषाका व्यञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण छवटा मात्र रहेको पत्ता लागेको थियो । कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण सङ्ख्या कम पाइएको हो ।

तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, ऐ, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाविद् बताउँछन् ।

यस्तै आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ वैशाख तेस्रो साता च्यास्मिटारका तिलुङभाषी बूढापाकालाई काठमाडौँमा लगेर तिलुङ भाषाको शब्द सङ्कलन गरिएको थियो । तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चाबहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो ।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुङ्गाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौँलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । खोटाङमा बूढापाकाको अन्त्यसँगै तिलुङ राई भाषाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्