बिराटनगरका तिन युवा अनेरास्ववियू केन्द्रीय नेतृत्वमा

<span class='c1'>बिराटनगरका तिन युवा</span> <span class='c2'>अनेरास्ववियू केन्द्रीय नेतृत्वमा</span>

विराटनगर फाल्गुन १०

एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनबाट नवीना लामाको प्यानलै विजयी भएको छ । प्रतिद्धन्द्धी दिपक गौतमलाई भारी मत अन्तरले पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भइन् ।

उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भए । उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थात संस्थापन पक्ष निकटका हुन् । उपाध्यक्ष विजयी हुने बर्तौला ७८६, आचार्य ७४२, लामा ६८२ र बरालले ७२१ मत पाए । यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए । उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे।  महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त पाए  भने, हुसेनले ६६० मत प्राप्त गरे ।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भए । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् । कोषाध्यक्षमा पनि नवीना समूहकै झपिन्द्र खत्री निर्वाचित भए ।

अनेरास्ववियूमा विराटनगरका तीन जना युवा केन्द्रीय नेतृत्वमा चयन भएका छन्  । अनेरास्ववियूको  उपाध्यक्षमा सुनिता बराल, सचिवमा वसिम आलम र सचिवालय सदस्यमा भाष्कर खनाल निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्