विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उहाँहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।
श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले देहायबमोजिमको नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिनुभएको छ ।
सम्मानित तथा पुरस्कृत हुनुहुने श्रष्टाहरूः
क.बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान- २०७९
१.प्रा. डा गोबिन्द तुम्वाङ-सुनसरी(भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु-(के.आर. खम्बु)-झापा(अनुसन्धान, संस्करण)
ख.प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान- २०७९
१.टंक बहादुर खुलाल (मनु मन्जिल)
२.गोवर्धन तामाङ-उदयपुर(साहित्य)
३.विजय श्रेष्ठ- इलाम(मूर्तिकला)
४.भरत गुरागाईं-मोरङ(नाट्यकर्र्मी)
५.ममता गिरी-सुनसरी(साहित्य, लघुकथा)
६.गोपाल देवान-सुनसरी(नाटककार, निर्देशन)
७.वीरबहादुर लाप्चा- इलाम(लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल-सोलुखुम्बु(साहित्य)
९.मान सिंह थुलुङ-इलाम(संगीत)
१०.महेन्द्र राई-सुनसरी(चित्रकला)
११.जयन्तीरमण कण्ठ-सुनसरी(नाट्य अभिनयकर्मी)
१२.नवराज राई (नवराज वर्तमान)-भोजपुर(साहित्य, कथाकार, कवि)
ग.नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार- २०७९
१.लिला उप्रेती(लिला अनमोल)-झापा(साहित्य)
२.यशोदाकुमारी लम्साल-सुनसरी(चित्रकला)
३.चेतन आङ्थुपो-इलाम(नाटक, निर्देशन)
४.मधुराज केरुङ-पाँचथर(चलचित्र, साहित्य)
५.विमला चिमोरिया-झापा(नाटक/अभिनय)
श्रष्टा सम्मान समारोह आउँदो असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुने मन्त्रालयले जनाएको छ ।