मनाङ मर्स्याङ्दी विरुद्धको खेल जिति नेपाल पुलिस सेमिफाईनलमा

<span class='c1'>मनाङ मर्स्याङ्दी विरुद्धको खेल</span> <span class='c2'>जिति नेपाल पुलिस सेमिफाईनलमा</span>

प्रेम देवान
विराटनगर ११ फागुन ÷ नेपाल प्रहरीको पुलिस क्वल काठमाण्डौले विराटनगरमा जारी चौथो विराट गोल्डकप प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्याङदी क्लव काठमाण्डौलाई पेनाल्टी सुट आउटमा ३ – २ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ हेटौडामा सम्पन्न हैटौडा गोल्डकप विजेता टीम हो ।
बंगलादेशको क्लव गोल्डकप खेल्न नआएपछि पुलिसले अन्तिम समयमा आएर प्रतियोगितामा भाग लिएको थियो ।
निर्धारित ९० मिनेटको खेल एक एकको वरावरीमा रोकिएपछि २० मिनेट थप गरिएको थियो तर थप गरिएको समयमा पनि गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो ।
पेनाल्टी सुट आउटमा पुलिसका तर्फबाट जुमानु राई , भरत साह, हेम तामाङले गोल गरे भने भोला सिलवालको प्रहार बाहिरिएको थियो यता मनाङका तर्फबाट सुजल श्रेष्ठ र मौसाले गोल गरेका थिए भने अनिल गुरुङ, सिसोको को प्रहार पुलिसका गोल किपर रोशन खडकाले बचाएका थिए र विश्वास श्रेष्ठको प्रहार बाहिरिएको थियो । पुलिसका गोल किपर रोशन खडका खेल सकिन एक मिनेट बाकी रहेको स्थीतीमा विसाल श्रेष्ठको बदलामा गोल पेष्ट सम्हाल्न पुगेका थिए ।
खेल सुरु भएको ७० औ मिनेटमा पुलिसका भोल सिलवालले कर्नरबाट हानेको प्रहारलाई कप्तान जुमानु राईले हेड गरेको बल विनोद कार्कीले गोल गर्र्दै पुलिसलाई अग्रता दिलाएका थिए । कार्की ६१ औ मिनेटमा दिनेश गुरुङको सट्टामा मैदान छिरेका थिए ।
यता मनाङले अतिरिक्त समयको दोस्रो मिनेटमा सुजल श्रेष्ठले गोलगरी खेल बरावरीमा ल्याएका थिए । पहिलो हाफमा आक्राम खेलेको मनाङ दोस्रो हाफमा खच्कीएको थियो । पहिलो हापमा लय गुमाएको पुलिसले दोस्रो हापमा लय समात्दै आक्रामक खेल खेलेको थियो । खेलको म्याान अफ द म्याच पुलिसका गोलकिपर रोशन खडका घोषित भए । बिजय पछि पुलिसका प्रशिक्षक अनन्त थापाले निर्धारित मिनेटमा नै खेल जित्नु पर्ने भएपनि अन्तिममा रेफ्रीले सानो गल्तीले खेल जित्नलाई पेनाल्टी सम्म कुर्नु परेको बताए । मनाङका प्रशिक्षक क्षिरिङ तोप्ताङ गुरुङले लगातार खेल खेल्नु परेकाले सोचे जस्तो खेल्न नसकेको बताए ।

भोलीको पहिलो सेमिफाइनल खेल गत बर्षको बिजेता रमपम झापा ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लव काठमाण्डौ बिच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्