मोरङका एघार कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधी

<span class='c1'>मोरङका एघार कानुन व्यवसायीले</span> <span class='c2'>पाए वरिष्ठ अधिवक्ताको उपाधी</span>

विराटनगर । मोरङका ११ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी देशभरका १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

मोरङबाट युगेश्वर शाहा,गणेशराज लुइटेल, शान्तिराम भण्डारी, डिल्लि बहादुर कार्की, भोजराज श्रेष्ठ, भानुभक्त निरौला, भरत बहादुर थापा, प्रकाश बाबु पन्त, जगन प्रसाद फुयाल, युवराज कुमार भण्डारी र सीताराम कोइरालाले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन ।

नेपाल कानून व्यवसायी परिषद्, ऐन २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्