विराटनगर÷ रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा ससत्र प्रहरी बलको एपिएफल क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो ।
झापाको जितकालागि बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले पहिलो हाफको १३ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । मध्यान्तरपछिको ४३ मिनेटमा गोल गर्दै कन्दङवाले गोल गरेका थिए ।
मध्यान्तरअघि विभागिय टोलीलाई दवावामा राखेको झापाले मध्यान्तरपछिको अन्तिम समयमा गोल गरेको थियो ।
खेल सुरु भएको ३५ औ मिनेटमारञ्जन श्रेष्ठको पासमा तोप विष्टले गरेको प्रहार गोल पोष्टमाथीबाट बाहिरिएिको थियो । मध्यान्तरपछिको ११ औ मिनेटमा ससत्रका क्याप्टेन गणेश लावतीको पासमा सन्तोष श्रेष्ठले गरेको प्रहार बाहिरिएको थियो । २३ औ मिनेटमापनि लावतीको पासमा सन्तोष श्रेष्ठले गरेको हेड बल बारमाथीबाट बाहिरिएको थियो । २७ मिनेटमा रञ्जन विष्टले गरेको प्रहार बाहिरिएको थियो । गोल गर्ने सुन्दर अवसर पाएपनि सदुपोग गर्न नसक्दा ससत्र सेमिफाइनलबाट बाहिरिएको हो ।
सुरु देखी नै दवावमा राखेको झापाले १३ औ मिनेटमा गोलको खाता खोलेको थियो । मध्यान्तरअघिको अतिरिक्त समयमा कर्ण लिम्बुको प्रहार बाहिरिएको थियो । मध्यान्तरपछिको २० मिनेटमा गणेश खडकाको पासमा योगश गुरुङले गरेको प्रहार ससत्रका गोल रक्षक सविन रेग्मीले रोकेका थिए । २५ औ मिनेटमा कर्ण लिम्बुले हानेको प्रहार बाहिरिएको थियो भने ४३ औ मिनेटमा कर्ण लिम्बुको पासमा खामिरगिल्सन कन्दङवाले गोल गरेका थिए । कन्दङवा विसाल राई ए को स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको म्यानअफ द म्याच झापाका कर्ण लिम्बु घोषित भए ।
प्रतियोगिताको बिहिवार दोस्रो सेमिफाइनल खेल आयोजक मोरङ फुटवल क्लव र नेपाल पुलिस विच हुने छ ।