बिराटनगर फागुन १३, संघीय समाजबादी फोरम नेपालका मोरङ जिल्ला इञ्चार्जको रुपमा पुर्व सभासद जयराम यादबलाई फोरमले जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा लोकसागर साम्वा , जिल्ला अध्यक्षमा राजकुमार यादव , पूर्व मोरङ जिल्ला सचिव मृत्युुञ्जय झालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। गत फाल्गुन १ गतेको बैठकले यादवलाई इञ्चार्ज तोकेको हो ।