अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ ।
स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उहाँलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र फरार रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले घटनाको पुष्टि गर्दै प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु गरेको जनाउनुभएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार नै पूर्वी लोगर प्रान्तमा पनि अज्ञात सशस्त्र समूहले चार जनालाई एक बेकरीमा बसिरहेका समय गोली हानी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । रासस/सिन्ह्वा