“आफ्नो आमालाई माया गरे जस्तै देशलाई माया गर्नुहोस” – सुबोध कोइराला

<span class='c1'>“आफ्नो आमालाई माया गरे जस्तै देशलाई</span> <span class='c2'>माया गर्नुहोस” – सुबोध कोइराला</span>

बिराटनगर फाल्गुन १४,
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे "  कार्यक्रम सम्पन्न भएको छ । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले  युवा माझ आफ्नो उध्यमशिलताको सुरुवात र भोग्नुपरेको  चुनौतीका बारे बताउनुभएको थियोे । मेरिल्याण्ड कलेज बिराटनगर को सभा हलमा भएको कार्यक्रममा उहाले `आफ्नो कम्पनीले नेपालमा भारतीय सामान मात्र  बिक्री हुने समयमा कसरी नेपाली सामान बेच्न सफल भयो भन्ने बारे आफ्नो अनुभव सुनाएर युवाहरूलाई उत्प्रेरित गर्नुभएको थियो । आफुले नेपालमा उध्यमशिलता सुरु गरेर सयौं युवालाई देश छोड्नबाट रोक्न सफल भएको बताउनुभयो । आजको धेरै युवाको सोच देश छोडेर बाहिर जाने रहेको दुखद अवस्था रहेको पनि उहाले बताउनुभयो । उहाले युवाहरूलाई आफ्नै देशमा नै अवसर खोज्न आग्रह पनि गर्नुभयो । हामी  नेपाली सबैले "मेड इन नेपाल" सामानलाई प्रवर्द्धन र प्रयोग गर्ने हो भने देशलाई ठूलो आर्थिक नाफा र देशमा रोजगारी सृजना हुने पनि उहाँले बताउनुभयो ।

बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी , ईफरएन र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस  कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्