उदयपुर जिल्ला अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

<span class='c1'>उदयपुर जिल्ला अस्पतालका शय्या</span> <span class='c2'>ज्वरोका बिरामीले भरिए</span>

उदयपुर । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ ।

अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् । अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिनुभयो ।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भन्नुभयो“ ५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् । अहिले अन्य उपचारको लागि आउने बिरामीलाई शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ । ” रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्