प्रहरी आचरण बिगार्ने प्रहरीलाई कार्वाही गरिने

<span class='c1'>प्रहरी आचरण बिगार्ने</span> <span class='c2'>प्रहरीलाई कार्वाही गरिने</span>

प्रहरी आचरण र व्यवहार बिरुद्द कार्य गर्ने प्रहरी कर्मचारीहरु उपर क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले कडाईको साथ कारबाही प्रकृया अगाडि बढाएको छ । क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरबाट परीचालित टोलिले क्षेत्रका बिभिन्न जिल्लाहरुमा अवस्थित प्रहरी ईकाईहरुको आकस्मिक चेकजाँच तथा छड्के अनुगमन गरी देखिएका त्रुटि तथा कमि कमजोरीको आधारमा कारबाही गर्न थालेको हो। यसै क्रममा यहि फाल्गुन ८ र ९ गतेको छड्के अनुगमनमा कार्यालय परीसरमा मादक पदार्थ सेवन गरी गैह्र जिम्मेवारीपुर्ण ढङ्गले प्रस्तुत हुने प्रहरी कर्मचारी चार जना र डिउटिमा लापर्वाही गर्ने प्रहरी कर्मचारी एक जना रहेका छन् । निजहरु लाई क्षेत्रिय प्रहरी कार्यालय रानिमा झिकाई आवश्यक कारवाही गरिएको हो। कारवाहीमा पर्नेमा इलाका प्रहरी कार्यलय निमुवाका प्रहरी नायव निरिक्षक काजी बहादुर बस्नेत र प्रहरी जवान डिल्लिराम दर्जि, ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कार्की तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक तुलसी श्रेष्ठ र प्रहरी जवान सुरज चौधरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्