राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

<span class='c1'>राष्ट्रिय फुटबल टोलीको</span> <span class='c2'>प्रशिक्षकमा थापा नियुक्त</span>

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसक्नुभएको थियो । त्यस्तै एन्फाले महिला टोलीको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ ।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसँगै भारत, भुटान, बङ्गालदेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान रहेका छन् । नेपालले यस अघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्