विराटनगर । नेपाल ट्रेड युनियन काग्रेस सँग आवद्ध नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङको अध्यक्षमा रागव सहनी सर्वसम्मतले निर्वाचित भएका छन् ।
विराटनगरको हाटखोलामा शनिबार भएको मोरङ जिल्ला अधिवेशनबाट सहनीको अध्यक्षतामा १३ सदस्य चयन भएका छन् । नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङको उपाध्यक्षमा केशव कोईराला , सचिव सुनिल यादव, सह सचिव सिता बराल र कोषाध्यक्षमा श्रीजन कोईराला चयन भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा विशाल केशी, दिवस गिरी, प्रज्वल बुढाथोकी,ज्योती राजवशी, शुशिल मुख्या , राकेश त्रिपाठी ,बन्टी कुमार साह रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेस जिल्ला सचिव ललित श्रेष्ठले नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ मोरङका नव निर्वाचित टिमलाई बदाई तथा शुभकामना दिदै आगामी दिनमा संघलाई चलायमान बनाई राख्न आग्रह गर्नुभयो । मोरङभरी छरिएर रहेका श्रमिकहरुलाई एकावद्ध गरेर अगाडी लैजान समेत उहाँले सुझाव दिनुभयो ।

संघलाई आफ्नो तर्फबाट सकेको सहयोग सधैभरी गरिरहने समेत श्रेष्ठले प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं.१ का अध्यक्ष नारायण बाबु कार्की, नेपाली काँग्रेस क्षेत्र नं.४ प्रदेश २ ख सभापती, सुबोध निरौला लगायतको सहभागिता रहेको थियो । नव निर्वाचित अध्यक्ष सहनीले नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ मोरङको गतिविधीलाई आफ्नो कार्यकालमा व्यावस्थित ढङ्गबाट चलायामान बनाई राख्ने र मोरङ जिल्लाभरी थप सदस्यहरु विस्तार गर्दै लैजाने प्रतिवद्धता जाहेर गरे ।
