निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न

<span class='c1'>निजी विद्यालयका शिक्षकलाई पाठ्यक्रम</span> <span class='c2'>सम्बन्धी तालिम सम्पन्न</span>

विराटनगर । निजी विद्यालयका शिक्षकहरूलाई दिएको दुई दिने नयाँ पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङको आयोजनामा विराटनगरमा भएको तालिम शनिबार सकिएको हो । नयाँ पाठ्यक्रम कक्षा ४, ७, र ९ प्रबोधीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले मोरङ जिल्लाभरिको निजी विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । तालिममा नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाउने शिक्षकहरूको सहभागी थियो । नयाँ पाठ्यक्रमको प्रबोधिकरण गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बाले जानकारी दिइन् । दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण बिज्ञान विषयमा लिलाकान्त बन्जारा, गणितका टंक प्रसाद न्यौपाने, अङ्ग्रेजीका इन्द्र चौहान र नेपाली विषयका प्रभात नेपालले गरेका थिए ।

दुई दिने सम्म सञ्चालन भएको तालिममा ३३ निजी विद्यालयका ६६ जना शिक्षकहरूको सहभागिता रहेको प्याब्सन मोरङको कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्याब्सन मोरङकी अध्यक्ष सुब्बाले यस्ता तालिमले शिक्षकहरूलाई ज्ञान आर्जनमा ठुलो सहयोग पुग्ने बताइन् । परिवर्तन भइरहने नयाँ पाठ्यक्रमको विषयमा शिक्षकहरूलाई समय सापेक्ष जानकारी दिन प्याब्सनले यस्ता तालिम गर्दै जाने उनले बताइन् ।
तालिममा सहभागी भएका शिक्षकहरूलाई प्रमाणपत्र प्याब्सन प्रदेश नं. १ का सह-सचिव नोवल किशोर खनाल, मोरङकी अध्यक्ष शीतला सुब्बा, प्याब्सन विराटनगरको उपाध्यक्ष अर्जुन श्रेष्ठलगायतले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्