विराटनगर । व्युटिपालर संचालन गरेर आफ्नो व्यावसाय संचालन गर्दै आएका सौन्दर्यकर्मी महिलाहरुका लागी विराटनगरमा २ दिने निशुल्क तालिम सुरु भएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको आयोजना तथा प्रदेश र केन्द्रियको समन्वयमा २ दिने तालिम आईतबारबाट सुरु भएको हो ।
विराटनगरको कंचनजङ्गा पार्टी प्यालेसमा सुरु भएको तालिमको उद्घाटन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय उप महासचिव ममता प्रधानले गर्नुभएको थियो । त्यसैगरी तालिमको उद्धघाटनमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय सदस्य गगा तामाङ , प्रदेश उपाध्यक्ष ललिता धिमाल , सचिव कला डागीको समेत सहभागिता रहेको थियो ।

२ दिन तालिममा माइक्रोब्लेडिङ्ग र माईक्रोसेडिङ सम्बन्धी तालिम विराटनगरमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरकी अध्यक्ष अमिता पोखरलले जानकारीदिनु । भर्खरै नयाँ विस्तार भएका सौन्दर्यकर्मी सदस्यहरुको नयाँ सिपको लागी क्षमता अभिवृदीहोस भन्ने उदस्यका साथ दुहवी , तेतरीया लगायत विराटनगरका डेढ सय नया तथा पुराना सदस्यलाई तालिम आयोजना गरिएको पोखरेलले बताउनुभयो ।

