रंगेलीमा रहेको एकिकृत कृषि वन परियोजना मुख्यमन्त्री राईद्धारा उद्घाटन

<span class='c1'>रंगेलीमा रहेको एकिकृत कृषि वन</span> <span class='c2'>परियोजना मुख्यमन्त्री राईद्धारा उद्घाटन</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समुदायमा सचेतना अभिवृद्धि भएसंगै नीजि वन स्थापनाले प्राथमिकता पाएको बताउनुभएको छ ।

ईस्टर्न स्टार कृषि सहकारी संस्थाले सञ्चालन गरेको एकिकृत कृषि वन परियोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नीजि वनले वातावरणमा पनि सहयोग पुग्ने र नागरिकलाई स्वरोजगार बनाउने भएको प्रदेश सरकारले यसमा पुर्ण सहयोग गर्ने बताउनुभयो ।  रंगेली नगरपालिका—२ स्थित संस्थाको आफ्नै ६० बिगाहा जमिनमा संचालित एकिकृत कृषि बन परियोजनाको अवलोकनमा मुख्यमन्त्री राइले परियोजनाले कृषिको माध्यमबाट देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले एकिकृत कृषि वन परियोजनाले आधुनिक कृषिमा अध्ययन गर्ने विद्यार्थीकालागि शिक्षालयको काम गर्ने पनि बताउनुभयो । उहाँले परियोजना प्रदेश कै गौरव रहेको पनि बनाउनुभयो ।
उद्घाटन कार्यक्रममा अभिनेता शिव श्रेष्ठले कृषिले मानिसलाई आत्मनिर्भर बनाउने भन्दै सातै वटा प्रदेशमा यस्ता कृषि वन परियोजना सञ्चालनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।


हाल फर्ममा १५ विगाहमा माछा पालन, ६०० को हाराहरिमा भैंसी, हाँस पालन, गाई पालन, सिएनजि ग्यास प्लान्टका साथै एग्रो टुरिजमको एग्रो स्टेको स्वरुपमा नमुना कृषि पर्यटन परियोजना संचालनमा रहेको संस्थाका अध्यक्ष यशोदा राईले बताउनु भयो । त्यस्तै, विभिन्न आर्थिक महत्व भएका रुख तथा जडिवुटिको व्यवसायक उत्पादन सुरुभएको अध्यक्ष राईले बताउनुभयो ।

उद्धाटन कार्यक्रमपछि मोविल्याण्ड ग्रुपका चियरमेन तथा ईस्टर्न स्टार कृषि सहकारी संस्थाको सल्लाहकार दिनेश दर्शनधारी उत्त स्थानमा वृक्षारोपण गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्