उखान टुक्काको सरकार (कविता) – प्रेम ओली

<span class='c1'>उखान टुक्काको सरकार (कविता)</span> <span class='c2'>– प्रेम ओली</span>

 

न नाकाबन्दी छ
न नाकामा जुलुस गुटबन्दी छ
तर अझै देशमा उस्तै मन्दी छ ।
नाका खुले पनि देशमा
ग्यास र तेलको उस्तै हाहाकार छ
देशमा सरकार छ भन्नु अब बेकार छ ।

ओली खाली उखान टुक्का मात्र ठोक्छन
खै कहिलेसम्म यसरी सरकार बोक्छन
बोलिमा अब कुनै दम छैन
सरकारमा आउने कोही पनि
कोही भन्दा कम छैन ।
कालोबजारी जनताको ढाड सेक्दै
अट्टाहास गर्दै रावण झै हास्छ
बिचरा सरकार निमुखा भइ
यो गर्छु त्यो गर्छु भन्दै बुढो बाघ झै कास्छ ।

के कालो बजारिया मन्त्री भालेको हुनुपर्छ
के बजारियालाई सरकारले आँफै पालेको हुनुपर्छ
के सरकार आँफै कालोबजारिया थालेको हुनुपर्छ
नत्र सरकारले कुनै न कुनै कदम चालेको हुनुपर्छ ।

पैसो हाल्न सक्नेलाइ यहाँ
कहिलै केही अभाव छैन
कहिले स्तिथी सामान्य हुन्छ सोध्दा
सरकारसँग कुनै जवाब छैन
होइन हो केपी दाई
तिम्रो उखान टुक्काले सरकार
कहिलेसम्म टिक्छ
के तिमीलाई देश यस्तै भाको ठिक छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्