नबिल बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित, यस्तो छ वित्तीय अवस्था

<span class='c1'>नबिल बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण</span> <span class='c2'>प्रकाशित, यस्तो छ वित्तीय अवस्था</span>

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको छ।

सो अवधिसम्ममा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.३७ प्रतिशत र सञ्चालन मुनाफा १३.९८ प्रतिशत बढेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६४.९२ प्रतिशत बढेको छ भने जगेडा कोष ४८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४५.९८ प्रतिशत र कर्जा ५२.०४ प्रतिशत बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्