मलेसियामा एकै दिन चार हजार आठ सय ३१ जनामा कोरोना सङ्क्रमण

<span class='c1'>मलेसियामा एकै दिन चार हजार आठ</span> <span class='c2'>सय ३१ जनामा कोरोना सङ्क्रमण</span>

मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ । मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्