नेपाली कांग्रेस महाधिवेशन : बहुमत पुर्याउन नसक्दा , सभापतिको निर्वाचन दोस्रो चरणमा

<span class='c1'>नेपाली कांग्रेस महाधिवेशन : बहुमत पुर्याउन</span> <span class='c2'>नसक्दा , सभापतिको निर्वाचन दोस्रो चरणमा</span>

निर्वाचनमा कुल ३ हजार १ सय ४८ मत खसेका छन्। शीर्षमत ल्याउने सभापतिका दुई प्रत्याशीबीच पुनः निर्वाचन हुने निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले बताए। 'आजै निर्वाचन समितिको बैठक बसेर कार्यक्रम तय गर्नेछ,' उनले भने।

पार्टी विधानको धारा १६ को उपधारा १ कले कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य रहेका महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सभापति उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने विधान उल्लेख । पुनः मतदान हुँदा साधारण बहुमतप्राप्त उम्मेदवार विजयी हुनेछ ।

सभापतिको निर्वाचन दोस्रो चरणमा गएसँगै कार्यवाहक सभापति पौडेललाई केही राहत मिलेको छ भने वरिष्ठ नेता देउवालाई नेतृत्व लिन निकै कसरत गर्नुपर्ने निकट नेता बताउँछन् । संस्थापन पक्षबाट नै सभापतिमा दुई प्रत्याशी हुँदा आफ्नो पक्षमा परिणाम आउने आशंका गर्दै आएका पौडेल सभापतिका अर्का प्रत्याशी सिटौलाले पाएको भोट दोस्रो चरणको निर्वाचनमा आफूले पाउने बुझाइमा छन् । सिटौलाले पाएकामध्ये अधिकांश भोट संस्थापनको भएको पौडेलनिकटको बुझाइ छ ।

सभापतिको निर्वाचन दोस्रो चरणमा पुर्याएर पार्टीमा आफ्नो 'स्टे«न्थ' देखाउने सिटौलाको रणनीति पनि सफल भएको छ । सिटौलाले पार्टीभित्र आफ्नो भूमिका प्रभावकारी हुने गरी पौडेललाई सभापतिमा सहयोग गर्ने निकटहरूको दाबी छ ।

आइतबारको निर्वाचनमा सभापतिबाट मनोनीत ३० महाधिवेशन प्रतिनिधिको मताधिकार विषयमा विवाद हुँदा मतगणना कार्यक्रम निर्धारित तालिकाभन्दा झन्डै तीन घन्टा ढिलो सुरु भएको थियो । मनोनीत प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले मताधिकार नदिने निर्णय गरेको थियो । त्यसलगत्तै समितिले सभापतिको मतगणना अघि बढाएको थियो ।
सभापतिबाहेक महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामै हुनेछ ।

-नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्