गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयले मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटर ब्याजपीडितहरूलाई आग्रह गरेको हो ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।
देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ-आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न आग्रह गरिएको डा. भीष्मकुमार भूसालले बताए ।