बिराटनगर फाल्गुन २५ ,
विघुतीय रिक्सा व्यवस्थापन गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले रिक्सा बिक्री गर्न रोक लगाएको छ । विक्रेताले आफुखुसी रिक्सा बितरण गरेको भन्दै बिक्रीवितरणमा रोक लगाएको बताएको छ। प्रहरीले व्यवसायीलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै बिक्री गर्न भनेको छ । उपमहानगरपालिकाको सिफारिस , रुट परमिट र दर्ता नम्बर लिएर मात्रै बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।