विराटनगर । झापाको मेचीनगर-६ बाट प्रहरीले ठुलो परिणाममा रजनीगन्धा बरामद गरेको छ।
मंगलबार राति ८ बजे भारतबाट नेपाल ल्याउँदै गरेको एक लाख बराबरको ५० बण्डल रजनीगन्धा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले रजनीगन्धा बरामद गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।
बरामद सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।