विराट नर्सिङ होममा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

<span class='c1'>विराट नर्सिङ होममा स्तन क्यान्सर</span> <span class='c2'>सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न</span>

विराटनगर । स्तन क्यान्सरको प्रारम्भिक पहिचान, समयमै उपचार र स्तन स्वास्थ्यप्रति महिलालाई सचेत गराउने उद्देश्यले विराट नर्सिङ होममा आयोजित स्तन क्यान्सर सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ। ‘पिंक अक्टोबर’ अभियानअन्तर्गत रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरी क्लब अफ विराटनगर जेमिनीको सहकार्यमा आयोजित कार्यक्रममा स्तन क्यान्सरको पहिचान, नियमित स्वास्थ्य परीक्षण, उपचार प्रक्रिया तथा समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने महत्त्वबारे जानकारी गराइएको थियो।


कार्यक्रममा स्तन क्यान्सरसम्बन्धी विशेषज्ञ चिकित्सक डा. योशिका भट्टराईले महिलाहरूलाई स्तन स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन्। उनले स्तनमा गाँठो देखिनु, आकार वा छालामा परिवर्तन आउनु तथा मुन्टोबाट असामान्य स्राव हुनुजस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्ने बताइन्।

यस्ता लक्षण देखिँदैमा क्यान्सर नै भएको भन्ने नहुने स्पष्ट पार्दै उनले समयमै स्वास्थ्य परीक्षण र विशेषज्ञको परामर्शले रोगको पहिचान तथा उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

कार्यक्रममा स्तन क्यान्सरको उपचार गराएका महिलाहरूले समेत आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले उपचारका क्रममा चिकित्सकबाट प्राप्त सहयोग, उपचारपछिको स्वास्थ्य अवस्था तथा जीवनमा आएका परिवर्तनबारे जानकारी गराएका थिए। उनीहरूका अनुभवमार्फत रोगको पहिचानपछि समयमै उपचार सुरु गर्ने, चिकित्सकको सल्लाह पालना गर्ने र आत्मविश्वासका साथ अघि बढ्ने महत्त्वबारे सहभागीलाई सचेत गराइएको थियो।


त्यसैगरी, सहभागी चिकित्सकहरूले स्तन क्यान्सरको जोखिम न्यूनीकरण, प्रारम्भिक पहिचान र उपचार प्रक्रियाबारे जानकारी दिँदै महिलाहरूका स्वास्थ्यसम्बन्धी जिज्ञासाको जवाफ दिएका थिए। स्तन स्वास्थ्यसम्बन्धी भ्रम र संकोच हटाउँदै नियमित स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यक पर्दा खुलेर चिकित्सकीय परामर्श लिन पनि आग्रह गरिएको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका स्वास्थ्य सचिव, विराट नर्सिङ होमका चिकित्सक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो।


‘पिंक अक्टोबर’ अभियानअन्तर्गत आयोजित कार्यक्रमले स्तन क्यान्सरबारे जनचेतना फैलाउने, रोगको समयमै पहिचान गर्न प्रोत्साहित गर्ने तथा महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्