विराटनगरको मेरिल्याण्ड कलेजका नयाँ बिद्यार्थीलाई अभिमुखीकरण सम्पन्न

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजका नयाँ</span> <span class='c2'>बिद्यार्थीलाई अभिमुखीकरण सम्पन्न</span>

विराटनगर भदौ २ ,

नेपाल मै व्यस्थापन शिक्षामा अब्बल कहलिदै आएको विराटनगर रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना नयाँ भर्ना भएका बिद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ  । कलेजको प्रागणमा बिहिबार आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना लिएका कलेजका बिद्यार्थीहरुलाई कलेजका नियम, कक्षा संचालनको बिधि, कलेजको इतिहास लगायतको बिषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्षमण ढकालले बताए ।

कार्यक्रममा कलेजमा भर्ना भएका बिद्यार्थी मध्ये प्रवेश परिक्षामा उत्कृस्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । साथै कलेजबाट पढेका ४ जना पुर्वबिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । यातायात कार्यालय विराटनगरका कार्यालय प्रमुख अनमोल भट्टराई, ओबी मिडियाका प्रबन्ध निर्देशक बिबेक दाहाल, किड्स भिलेज स्कुलका निर्देशक पंकज जैन र युवा उत्प्रेरक बैभव नहाटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा सबै वक्ताहरुले नयाँ भर्ना लिएका बिद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।कार्यक्रममा कलेजमा निर्देशकहरु, शिक्षक शिक्षिका, संचारकर्मी लगायतको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्