पहिचानवादी गठबन्धन गरेर चुनावमा लड्ने : आरके खम्बु

<span class='c1'>पहिचानवादी गठबन्धन गरेर चुनावमा</span> <span class='c2'>लड्ने : आरके खम्बु</span>

विराटनगर । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानवादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन् ।

मंसिर ४ गते हुने चुनावमा संघ र प्रदेश सबैतिर सात वटा पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडने उनले बताए । ‘अहिले चुनावको तयारीमा हामी लागि परेको छौं,’ उनले भने, ‘पहिचानको मुद्दा उठाएर अहिले चुनावी अभियानमा होमिएका छौं ।’
पहिचानवादी सात दलले गठबन्धन गरेर सबै ठाउँमा भाग लिने उनले बताए । ‘जित्ने हार्ने आफ्नो ठाउँमा रहेको छ । जनताको समस्या बुझने पार्टी हाम्रो हो,’ उनले भने, ‘ काँग्रेस एमाले र माओवादीको विकल्प पार्टी खम्बुवान हो । उनीहरुले उठाएको एजेण्डा खोक्रो भइसक्यो । प्रमुख पार्टीले जनता घाटने मात्र काम गरेका छन् । अब जनताले बुझन जरुरी रहेको छ ।’
अध्यक्ष खुम्बावन मोरङको लेटाङ्गमा हुने खम्बुवान राष्ट्रिय मोर्चा नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्न आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्