बालेनको व्यङ्ग्य : ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ?

<span class='c1'>बालेनको व्यङ्ग्य : ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै</span> <span class='c2'>पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ?</span>

नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा सो मुद्दाको पेसी आइतबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सो मुद्दाको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको थियो ।

मुद्दाको पेसी नआएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ?

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएपछि नर्भिक अस्पतालले दिएको रिटमा अदालतले गत साउन २५ गते अस्पताल अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही दिन अस्पतालले दिएको रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले फास्ट ट्रयाकमा सोही दिन नै अन्तरिम आदेश दिनुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्