राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयन, स्वतन्त्र उमेद्वारी दिएकासंग छलफल गर्ने

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयन,</span> <span class='c2'>स्वतन्त्र उमेद्वारी दिएकासंग छलफल गर्ने</span>

राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल र महामन्त्रीमा मुकुल ढकाललाई चयन गरेको छ।

साथै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी चयन भए भने सहकोषाध्यक्षमा बसुमाया तामाङ चयन भएकी छन्। सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्यहरूमध्यबाट उनीहरूलाई पदाधिकारी चयन गरिएको थियो।

यस्तै बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनाम स्वीकृत गरेको छ। उक्त रिक्त ठाउँमा चितवनकी सविना विकलाई केन्द्रीय सदस्य नियुक्त गरिएको पार्टीले जनाएको छ।प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको नेतृत्वमा चुनावी घोषणा पत्र तयार समिति गठनसमेत भएको छ।केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा वार्ता टोली पनि गठन भएको छ। यो टोलीले हाल संसदमा रहेका दलबाहेक दलसँग तथा गैरदलीय रूपमा उम्मेदवारी घोषणा गरेका नागरिकसँग सहकार्य गर्ने प्रयोजनका लागि वार्ता गर्नेछ।

साथै स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम पनि गठन गरेको छ।केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता सोविता गौतम संयोजक रहेको र्‍यापिड एक्सन टिमले जनताका समस्या समाधानमा सहयोग गर्ने र बेथितीविरूद्ध खबरदारी गर्ने उक्त पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्