काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ

<span class='c1'>काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड</span> <span class='c2'>गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ</span>

काठमाडौं उपत्यकामा सवारी साधन तोडफोड गर्न खोज्ने १९ बन्दकर्ता पक्राउ परेका छन् ।

काठमाडौंबाट १८ जना र ललितपुरबाट एकजना बन्दकर्ता पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा बन्दको प्रभाव सामान्य छ । कैलालीलगायत केही क्षेत्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रवक्ता राईका अनुसार उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सवारी साधनहरू आवागमनमा केही असर परेको प्रहरीले जनाएको छ । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ । बन्द सफल बनाउन नेकपाका कार्यकर्ता ठाउँ–ठाउँमा सवारी आवगमन अवरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्