विराटनगरमा पनि आयो क्यान्सर अस्पताल

<span class='c1'>विराटनगरमा पनि आयो</span> <span class='c2'>क्यान्सर अस्पताल</span>

12092317_1017132151674503_1185239371_nप्रेम देवान
विराटनगर २८ फागुन । क्यान्सरबाट पिडित भएका विराटनगर लगायात पुर्वका विरामीहरुले भरतपुर र भत्तपुर जानबाट मुक्त हुने भएका छन् । विराट मेडिकल कलेजले क्यान्सर रोगको उपचार सेवा शुरु गरेको छ ।
कलेजको सञ्चालनमा रहेको विराटनगर अस्पताल (विराट नसिङ्ग होम)ले आजबाट एक अस्पतालको उद्घाटन गर्दै सेवा सुचारु गर्न लागेको हो ।
औपचारिक रुपमा सेवाको शुरुवात गर्दै कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सेवा प्रभावकारी बनाउने बताउनुभएको छ । कार्कीले शुरुवात सानो भएपनि यस सेवालाई दिर्घकालमा थप बिस्तार गरिने जानकारी दिनुभएको छ ।
कलेजले अहिले अप्रेशनदेखि लिएर किमोथेरापीसम्मको उपचार गर्ने जनाईएको छ । अस्पतालले केही बर्ष्भित्रमा रेडियोथेरापी सेवापनि शुरु गर्ने जनाएको छ । हाल क्यान्सरका रोगीहरु उपचारका लागि भरतपुर र भक्तपुर जानुपर्ने अबस्थालाई अब विराटनगरमा नै गर्न सकिने सो अस्पतालले जनाएको छ ।
हाल सो सेवालाई डा. सौगात पौडेल र डा. रनिस कठेतले उपचार सेवा प्रदान गर्नेछन् । कार्यक्रममा पत्रकारहरुसँग कुरा गदै डा. पौडेलले नेपालमा घाटी, जिब्रो, मुख र पाठेघरको क्यान्सर बढी हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्