सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो सेयर एप आईओएस भर्सन पनि सञ्चालनमा ल्याएको छ ।
यसअघि, एन्ड्रोइड फोनमा मात्र डाउनलोड गर्न मिल्ने मेरो सेयर एप अब आइफोनमा पनि डाउनलोड गर्न मिल्ने भएको हो ।
आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गएर मेरो सेयर सर्च गरी सीडीएससीको लोगो अंकित एप डाउनलोड गर्न सक्ने बताइएको छ ।
सीडीएससीले २०७७ सालदेखि मेरो सेयर एप सञ्चालनमा ल्यएको हो ।