खाजा खाने रकम कटौती गरेको पैसाले आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

<span class='c1'>खाजा खाने रकम कटौती गरेको पैसाले</span> <span class='c2'>आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण</span>

विराटनगर । विराटनगर १० को गणेश वाचानालय मार्गस्थित विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका विपन्न समुदायका ३१ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


विराटनगर १३ कोसी प्रोजेक्टस्थित देवकोटा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुलका बालबालिकाहरूले विपन्न समुदायका बालबालिका मात्र पढ्ने विद्यालयका बालबालिकाहरूलाई स्कुल मै पुगेर शैक्षिक सामग्री वितरण गरेका हुन्।
वितरण गरिएको सो शैक्षिक सामग्री देवकोटा स्कुलका एकसय जना विद्यार्थीहरूले आफैं संकलन गरेको रकमबाट खरिद गरेका थिए। उनीहरूले आफ्नो खाजा रकम कटौती गरेर हरेक दिन एक रुपैयाँका दरले खुत्रुकेको माध्यमबाट ५० दिनसम्म रकम जम्मा गरेका थिए। त्यसरी खुत्रुकेमा जम्मा भएको त्यही रकम ५० दिन पुगेपछि वितरण गरिएको सो कार्यक्रमका संयोजक तथा विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका शिक्षक सागर प्रधानले जानकारी दिए।
बालबालिककाहरूलाई वितरण गरिएको शैक्षिक सामग्रीहरूमा सुतीको झोला, पेन्सील, कपी, इरेजर लगायतका रहेका छन्। शैक्षिक सामग्री वितरण कार्यक्रममा विराट सत्य ओकिनावा प्राथमिक विद्यालयकी संस्थापक मीना उपाध्याय, गीता प्रधान, देवकोटा स्कुलका शिक्षक अनिल अधिकारी र दुवै स्कुलका बालबालिकाहरूको संयुक्त सहभागिता रहेको थियो।

शैक्षिक सामग्री वितरण गर्नुअघि विराट सत्य स्कुलका बालबालिकाहरूले देवकोटा बोर्डिङ स्कुलका बालबालिकालाई सेतो कागजमा विभिन्न शब्द लेखेर सामूहिक रूपमा स्वागत गरेका थिए। शैक्षिक सामग्री वितरणपश्चात दुवै विद्यालयका बालबालिकाहरूले एकै ठाउँमा बसेर सामूहिक भोजन गरेका थिए। विराट सत्य ओकिनावा प्राथमिक विद्यालयमा ५० जना विपन्न समुदायका बालबालिकाहरू अध्ययनरत छन्।
उनीहरूलाई निःशुल्क पढाउनुका साथै उनीहरूको शैक्षिक तथा स्कुल पोशाक र खाजा खर्च पनि सो स्कुलले व्यहार्ने गरेको स्कुलका प्रधानाध्यापक मनिता काफ्लेले जानकारी गराइन् । प्रअ काफ्लेका अनुसार सो स्कुलमा नर्सरीदेखि एक कक्षासम्म मात्र पढाइ हुन्छ। त्यहाँ पढ्न आउने बालबालिकाका अभिभावकहरू गरिब तथा विपन्न भएको कारण उनीहरू दैनिक ज्यालादारीमा जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्