विराटनगर–३ बाट तास खेलेको आरोपमा आठ जना पक्राउ

<span class='c1'>विराटनगर–३ बाट तास खेलेको</span> <span class='c2'>आरोपमा आठ जना पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका ३ बाट तास खेलि रहेको अवस्थामा आठजनना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ५१ हजार २९८ नेपाली र दुईहजार १०० भारतीय रुपिँयासहित उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु जुवा कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ पर्नेमा विराटनगर–३ का ३९ वर्षीय नारायण राई, ४६ वर्षीय अमित कार्की, विराटनगर–४ का ३८ वर्षीय भुवन केसी, ४० वर्षीय दैलेशकुमार कार्की छन् । यसैगरी बुढिगंगा–२ का ६४ वर्षीय पूर्ण पाण्डे, ४८ वर्षीय भुपेन्द्र राई, ४५ वर्षीय तिर्थ केसी, ४९ वर्षीय कृष्णबहादुर मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्