विराटनगर । घरायसी सामान खरिद गरेको १८ दिनभित्र ५० प्रतिशत छुट दिने प्रभोलनदेखाई सर्वसाधरणलाई झुक्काउन लागेको आरोपमा तामिलनाडुका एक जना व्यापारीलाई विराटनगरबाट नियन्त्रणमा लिएको छ ।
तामिलनाडुकाका ३ जना नागरिकले मिलेर विराटनगर ५ स्थित भृकुटी चोकमा रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्रकारको स्कीम देखाउदै सर्वसाधारण ठगी हुन सक्ने भन्दै मोरङ प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो । २ जना व्यापारी भने सम्र्पक विहीन भएका छन् ।
रुबी ईन्टरप्राईजेजले वडा कार्यालयमा ईलेक्ट्रीक्स सामान मात्रै विक्री गर्ने कागजपत्र बनाएको छ । तर उसले घरका सम्पुर्ण सामाग्री वितरण गर्दै आएको भेटेपछि आवश्यक सोधपुछ तथा अनुसन्धानको लागी साराभानाभावान्दनलाई नियन्त्रणमा लिएको हो ।
स्थानियवासीले सामान अर्डर गरेको १८ दिनमा ५० प्रतिशत छुट दिने भनेर सयौ सर्वसाधरणले पैसा तिरेसकेका छन् । तर मंगलबार नगरप्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले साराभानावान्दनलाई नियन्त्रणमा लिएको थियो ।
विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले वडा कार्यालयमा विजुलीका सामाग्री मात्रै विक्री गर्ने भनेर दर्ता लिएको छ तर ईन्टरप्राइजेजले साईकल मोवाईल , फर्निचरका सामानदेखी घरायसी सामान विक्री वितरण गरेको भेटेपछि आवश्यक सोधपुछको लागी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका तामिलनाडुका नागरिकलाई सोधपुछ तथा अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । हाल उक्त रुवी ईन्टरप्राईजजमा विराटनगर महानगरपालीकाले अनुसन्धान अवधीभरी ताला बन्दी गरी विक्री वितरण बन्द गरेको छ ।