मोरङमा आठ मतदानस्थल सार्न र आठ थप्न सिफारिस

<span class='c1'>मोरङमा आठ मतदानस्थल सार्न</span> <span class='c2'>र आठ थप्न सिफारिस</span>

विराटनगर । मोरङमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आठ मतदान स्थल सार्ने र आठ मतदानस्थल थप्न सिफारिस गरिएको छ । मतदातालाई असजिलो हुने गरि साँघुरो र अपायक पर्ने मतदानस्थल सेवा क्षेत्र भित्र सारिने र मतदाताको संख्या बढी भएको वडामा थप्न सिफारिस गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालयले सार्ने मतदानस्थल र थप मतदानस्थल तोक्नका लागि आयोगमा पत्राचार गरेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले स्थानीय राजनीतिक दलसँग समेतको सुझावका आधारमा यस्तो सिफारिस गरिएको जानकारी दिनुभयो ।
मतदानस्थल पुनरावलोकन समितिले कटहरी गाउँपालिका ३ को गाउँपालिका भवनको मतदान स्थललाई जनप्रिय मावि, कटहरी–७ को लक्ष्मी आधारभूत विद्यालय बाट वडा कार्यालय, धनपालथान–२ को लकेश्वर आधारभूत विद्यालय अमाहिवरियातीबाट स्थाथ्य चौकी ममाहिवरियाती, रतुवामाई–५ को उपस्वास्थ्य चौकी भवनबाट वडा नम्बर ५ को कार्यालयमा, बुढिगंगा गाउँपालिका २ को नयाँ हेल्थपोष्टबाट लिलाभक्त आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको छ ।

त्यस्तै बेलबारी नगरपालिका ८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यालय, केराबारी गाउँपालिका ४ को गाउँपालिका कार्यालयबाट केयु एकेडेमी र विराटनगर महानगरपालिका ८ को सप्तकोशी बोर्डिङ स्कुलबाट श्री सुशिला निकुञ्ज आधारभूत विद्यालय हाटखोलामा सार्न सिफारिस गरिएको छ ।
यसैगरी मतदाता संख्या धेरै भएर साँघुरो भएका तथा अयापक परेका वडामा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । विराटनगर–३ को पुसेट क्याम्पसमा मात्रै रहेको मतदानस्थललाई औषधी व्यवस्था विभागमा समेत नयाँ स्थल कायम गर्न सिफारिस गरिएको छ । रंगेली नगरपालिका ४ को गणेश मावि चोप्राहाको मतदानस्थललाई जनता मावि आमतोलामा, कानेपोखरी ६ को पञ्चज्योती आधारभूत विद्यालयको मतदान स्थललाई जनसेवा मावि, बेलबारी–१ जनएकता आधारभूत विद्यालयको मतदान केन्द्रलाई बेलबारी नगरपालिकाको कार्यालयमा समेत थप गर्न सिफारिस गरिएको छ ।

बेलबारी ११ को लक्ष्मी मावि लक्ष्मीमार्गको मतदानस्थललाई लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको भवन, मिक्लाजुङ १ को टाँडी माविबाट मनोहरा आधारभूत विद्यालय, केराबारी–४ को जनकल्याण माविबाट जगदम्बा आधारभूत विद्यालय र केराबारी ९ को रामविर आधारभूत विद्यालयबाट बुद्ध माविमा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ ।

यसैगरी मोरङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात लाख ४३ हजार ८८ मतदाता कायम हुने प्रारम्भिक तथ्यांकमा देखिएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि योग्य मतदाताको पहिलो नामावली भने भदौ १२ गते प्रकाशित गर्नेछ ।
मोरङमा स्थानीय तह निर्वाचनपछि साउन १९ गतेसम्म १८ वर्ष उमेर पुगेका २७ हजार २२५ मतदाता थपिएका छन् । उनीहरु आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेछन् । अन्तिम नामावलीमा केहि संख्या थपघट हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा मोरङमा सातलाख १५ हजार २२३ मतदाता कायम थिए । देशभरमै सबैभन्दा बढी मतदाता मोरङमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्