काठमाडौँ महानगरले अल्फा बिटाकाे अवैध संरचनामा डाेजर चलायाे

<span class='c1'>काठमाडौँ महानगरले अल्फा बिटाकाे</span> <span class='c2'>अवैध संरचनामा डाेजर चलायाे</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएकाे छ ।

बिहीवार दिउँसाे महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना डाेजर चलाएकाे हाे । यसअघि बिहिबार बिहान अवैध संरचना हटाउन पुगेका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिएका थियाे । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेकाे थियाे ।

अहिले महानगरले अवैध संरचना र पार्किङकाे नक्सा पास गरेर अरू नै प्रयाेजनमा लगाउनेमाथि कारबाही थालेकाे छ । यसअघि सुन्धारा र न्युराेड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्