विराटनगरको ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी

<span class='c1'>विराटनगरको ईडेनवर्ग कलेज परिसरमा</span> <span class='c2'>संचालित क्यान्टिनमा चोरी</span>

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित भानुटोल दक्षिण कलेज रोडमा रहेको एक क्यान्टिनमा चोरी भएको छ ।


शुक्रबार विहान ३ बजे ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी भएको हो । क्यान्टिन लक्ष्मी याक्खा( पराजुली ) ले विगत लामो समयदेखी संचालन गर्दै आएकी थिईन् । कलेज परिसरको पर्खाल नागेर कोठाको झ्यालबाट हात छिराई सिरानीमा राखेको मोवाईल चोर्नुका साथै क्यान्टिनको पैसा राख्ने घर्राबाट केही नगद चोरी भएको क्यान्टिन धनी लक्ष्मी याक्खा (पराजुली ) बताईन् ।


यता वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट खटि गएको प्रहरीको टोली चोरीको सम्पुर्ण विवरण टिपी मातहतको कार्यालयमा जानकारी गराईसकेको छ । यस अघि पनि उत्त क्यान्टिनमा २ पटक चोरी भईसकेको क्यान्टि धनीले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्