नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा

<span class='c1'>नयाँ दिल्ली जान लागेका एक</span> <span class='c2'>पुरुषसहित सात महिला जोगबनीबाट नियन्त्रणमा</span>

विराटनगर फाल्गुन ३०

भारतको जोगबनी रेल्वे स्टेशन हुँदै भारतको राजधानी नयाँ दिल्ली जान लागेका एक पुरुषसहित सात महिलालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा सिमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नयाँदिल्ली जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले बताएको छ । पक्राउ पर्नेमा चितवन, रामेछाप, सुनसरी, उदयपुर र संखुवासभाकी महिला रहेकी छन् । त्यस्तै, पक्राउ पर्ने पुरुषमा सुनसरी इनरुवा–२ का ३० बर्षिय रोहित दर्नाल रहेका छन् ।पक्राउ परेका सातै जना महिलालाई केआई नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दर्नाललाई अनुसन्धानका लागी सिमा प्रहरी चौकी रानीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्