विराटनगर । विराटनगरका सडकमा जथाभावी छाडिएका घरपलुवा जनवारले गर्दा सवारी दुर्घटना बढेको भन्दै विराटनगर महानगरपालीकाले छाडा चौपाए उठाउने अभियानलाई निरन्तरता दिएको छ ।
विराटनगरको मुख्य बजारमा यसअघि थालिएको अभियानलाई अब दक्षिण बेल्टमा केही दिन केन्द्रित गरेर काम गर्ने महागरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । रााम्रो,सफा,सुन्दर विराटनगर बनाउने कार्यमा सबैले सहयोग अपिल गर्दै महानगरले जथाभावी घरपलुवा जनवार नछोड्न आग्रह गरेको छ ।
साथै सडक तथा पेटीमा फलामका बारहरु बनाई सडक अबरुद्द नपार्न समेत आग्रह गरेको छ । महानगरबाट खटिएको नगर प्रहरीको टोलीले आज शुक्रबार पनि एक दर्जन बढी गाई र बाख्रा नियन्यणमा लिएको छ ।