रातको समयमा विराटनगरबाट चाइनिज स्याउ बोकेको ८ वटा कन्टेनर प्रहरीको नियन्त्रणमा

<span class='c1'>रातको समयमा विराटनगरबाट चाइनिज स्याउ बोकेको</span> <span class='c2'>८ वटा कन्टेनर प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । चाइनिज स्याउ बोकेको ५ वटा भारतिय वटा नेपाली नम्बरको कन्टेनर मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
तेस्रो मुलुकबाट आयत भएको चाइनिज स्याउ प्रहरीले भन्सार छली गरेको आशङ्का मोरङ प्रहरीले शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो ।


भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, ना. ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनरमा ल्याएको चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो ।


स्याउ बोकेको तीन वटा कन्टेनरले नेपाली नम्बर प्लेटको लहरी गाडीमा अन लोड गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेको आशंमा प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको स्याउ अनुसन्धानको लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पु¥याएको छ । मोरङ प्रहरीले शुक्रवार राती बरामद गरेको पाँच कन्टेनर र तीन ट्रक चाइनिज स्याउ थप अनुसन्धानको लागि राजस्व कार्यालयमा शनिवार बिहान पु¥याएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्