युवती सहित ब्राउन सुगर कारोबारी गर्ने ६ जना विराटनगरबाट पक्राउ

<span class='c1'>युवती सहित ब्राउन सुगर कारोबारी</span> <span class='c2'>गर्ने ६ जना विराटनगरबाट पक्राउ</span>

विराटनगर । एक युवती सहित अवैध लागुऔषध ब्राउन सुगर बोकेका ६ जनालाई मोरङ प्रहरीले निन्त्रणमा लिएको छ ।  प्रहरीले विराटनगर –१४ सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया सरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्षीय वरुण साह, विराटनगर–३ का ३० वर्षीय आशिष हमाल र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० का २६ वर्षीय विकाश थापा रहेका छन् । पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमध्ये शरस्वतीले कोठा भाडामा लिएर खैरो हेरोइनको कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरु युवाहरु उनको कोठामा खरिद गर्न पुगेका बेला पक्राउ परेका हुन् । सरस्वतीले भने भारतबाट लुकाईछिपाई ल्याएको खैरो हेरोइन भाडाको कोठामा राखेर लागुऔषधका सेवनकर्तालाई बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

खैरो हेरोइनको कारोबार गर्नकै लागि सरस्वतीले विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा कोठा भाडामा लिएको पाइएको छ । भाडाको कोठामा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा गुरुङको कोठामा शुक्रबार साँझ प्रहरीले छापा हानेको डिएसपी श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले छापा मारेर खानतलासी गरी कोठाबाट १४ ग्राम ६१ मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्