विराटनगर । भारतको तामिलनाडुबाट आई विराटनगरमा शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका संञ्चालकलाई ठगी सम्बन्धी मुद्धा दर्ता गरी ५ दिनका लागी म्याद थपेर अनुुसन्धान भईरहेको छ ।
विराटनगर ५ भृकुटी चौक स्थित रुबी ईन्टरप्राईजेज संञ्चालन गर्दै आएका तामिलनाडुका व्यापारी साराभानाभावानन्दनलाई जिल्ला प्रहरी कार्यालय मोरङले म्याद थप गरी अनुसन्धान थालेको हो । सुरुमै पुरै भुक्तानी लिएर ५० प्रतिशत छुटसहित १८ दिनपछि मात्र सामान डेलिभरी दिने व्यवसायिक योजना शंकास्पद देखिएपछि गत आइतबार केही स्थानीयले महानगरमा उजुरी गरेका थिए ।
रुबी इन्टरप्राईजेजले विराटनगर महानगरपालीका वडा नम्बर ५ बाट विधुतीय सामग्री बिक्रीवितरण गर्ने भनेर इजाजत लिएको छ । तर, इन्टरप्राईजेजले भने घरायसी सम्पुर्ण सामाग्री वितरण गरेको फेला पारेपछी गत मंगलबार रुबी इन्टरप्राइजेजका संचालकलाई नियन्त्रणमा लिएको थियो । इजाजत–पत्र विपरीत काम गरेको भेटेपछि विराटगर महानगरपालीकाले ईन्टरप्राईजका संचालाकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
स्कीमको नाममा स्क्याम चलाएको आशङ्काको भरमा सञ्चालकलाई स्थानियले ठगी सम्बन्धी उजुरी समेत दिएका छन् । उजुरी पस्चात जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, रुबी ईन्टरप्राईजेजका संञ्चालकमाथी धेरैले उजुरी दिएका छन्,’हामीले थप अनुसन्धानको लागी म्याद थपेर नियन्त्रणमा रहेका व्यापारी माथी अनुन्धान गरिरहेकाछौँ।’
व्यापारीलाई नियन्त्रणमा लिई अनुन्धान थालेपछि केही स्थानियवासीले चाडो रिहाई गर्नु माग राख्दै विराटनगर महानगरपालीका आज पनि घेराउ गर्न पुगेका छन् ।
इन्टरप्राईजेजका सञ्चालकको पक्षमा स्थानीयले नाराबाजी गर्दै चाडो भन्दा चाडो रिहाई गर्नु माग राख्दै आएका छन् । सुरुमै पुरै भुक्तानी लिएर ५० प्रतिशत छुटसहित १८ दिनपछि मात्र सामान डेलिभरी दिने व्यवसायिक योजना शंकास्पद देखिएपछि कसै पनि पैसा नडुबोस भनेर प्रशासनले चासो दिएर अनुसन्धानलाई अघि बढाएको हो ।