विराटनगर–१७ स्थित बाल माध्यमिक विद्यालयको भवनमा उपमहानगरको वडा कार्यालय रहेकाले उक्त स्थान बाट वडा कार्यालय हटाउन कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालयले बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यालय नहटाइए पछि तालाबन्दी गर्नु परेको विद्यालय व्यवस्थापन समितिले बताएको छ । आज बिहान उक्त वडा कार्यालयमा ताला लगाइएको हो । नगरपालिकालाई बिद्यालयबाट कार्यालय हटाउन अनुरोध गर्दा अटेर गरेको हुनाले बाद्य भएर बन्द गर्नु परेको विद्यालय व्यवस्थापन समितिले जनायो ।