विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
फोटो: फाइल